Sunday, April 15, 2018

जेनिशाको फेलोसिप यात्रा

(This article came out of the writing workshop led by our Shisir Khanal dai at Teach for Nepal. This is one of my few attempts at writing in Nepali. Image source: Conscious Impact and Jenisha Shakya)


२०७३ -२०७४ सालमा बनेपादेखि नवलपुरको बाटो जेनिशा शाक्यले धेरैचोटी आगमन गरीन् । सन्दर्भ टिच फर नेपालको फेलोसिप । आफ्नो स्कुल पढ्दा शिक्षकहरुबाट अपेक्षित सपोर्ट नपाउदा भोगेको अनूभव र  ब्याचेलर पढ्दा पाएका उत्कृष्ट शिक्षकहरुको सम्झना संगाल्दै जेनिसा त्यो नवलपुरको चिसो डाडामा पुगिन्। लक्ष्य थियो आत्मसन्तुष्टि: अहिले फर्केर हेर्दा बिशेष दुई कुरामा उनले यो पाएकी छिन्।

सानैदेखि कम बोल्ने स्वभाव कि थिइन् जेनिशा तर फेलोसिपमा यो स्वभावमा निकै सुधार आएको उनले पाइन्। कक्ष्याकोठामा पनि विद्यार्थीलाई अंग्रेजी नडराइकन सिक्न प्रोत्साहन गरिरहिन् । विद्यार्थीहरुमा सिक्ने उत्साह बढाउन सधैं ‘Contextualized learning ’को बाटो अपनाइन। यसरी गाह्रो   भाषा अंग्रेजीलाइ सान्धर्भिक बनाएर सिक्न मदत गरिन्। त्यसो गर्दागर्दै, आफुँमा पनि एउटा अबल शिक्षक फेला पारिन्। आफ्नै शिक्षण अनि टि.एफ.एनका अन्य तालिमका सहयोगले आफ्नो बोल्ने सिप निकै प्रस्फुटन भएको उनि भन्छिन्, "कक्ष्याकोठा छिर्दा लाग्थ्यो I belong here"

यस्तै आफ्नो बोल्ने सिप संगै, जेनिशाले Collaboration Coaching सिप पनि सिकिन् । फेलोसिपमा भिज्दै जाँदा उनले Conscious Impact संस्थाकी एक स्वयंसेवी एलिसनलाई भेटिन्। दुबैले एउटै लक्ष्य बोकेका रहेछन्: गाउँका युवतीहरुको सबलीकरण र सशक्तिकरण ।  

" कक्ष्याकोठामा छर्लंगै देखिन्थ्यो केटीहरु केटाहरुभन्दा पछि परेका। उत्तर भन्न हात उठाउँदा होस वा छलफलहरुमा भाग लिंदा।"

एलिसन र जेनिशाले त्यो देखेर ‘Girls Group’ सुरु गरे । Girls Groupको हरेक  शुक्रबार भेला हुन्थ्यो अनि युवतीहरुले विभिन्न सिप सिक्थे । छात्राहरुले हस्तकला, कवितालेखन, इत्यादि सिकेर आफ्नो आत्मविश्वास बढाएका छन् । यो देखेर स्कुलको हेड सरले पनि यी तालिमलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरेर हौसला दिनुभएको छ।

अहिले दुई  वर्षपछि बनेपा फर्केकी जेनिशा भन्छिन्, " आउँदो दु महिना Conscious Impact संगै काम गर्छु। सहरभन्दा गाउँमै बस्न रहर लागिरहेको छ ।"